Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्ली इलेक्सनमा होइन, गठवन्धनको कुनियतप्रति एमालेको असहमति हो: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् ।

महासचिव पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै यस्तो बताएका हुन्। पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको महासचिव पोखरेलको भनाइ छ।

'तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।







उनले फेसबुकमा लेखेका छन्, 'नेकपा(एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमती रहेको छ ।'






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077