Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१२ लाखको चेक बाउन्स मुद्धाका फरार रिजाल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर न.पा- ३ घर भइ हाल काठमाडौं गोकर्णेश्वर- १० बस्ने ४३ बर्षीय जितेन्द्र बहादुर रिजाल रहेका छन्।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक कमल थापाका अनुसार उच्च अदालत पाटनको २०७६ पौष ७ गतेको फैसलाले २ दिन कैद र बिगोबमोजिम १२ लाख जरिवानापछि फरार रहेका रिजाल सुन्ताखानबाट पक्राउ परेका हुन्।

पक्राउ परेका रिजालले आफ्नो एनआईसी बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो ।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका रिजाललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077