Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्र बैंकको नियम विपरित क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन युवा महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल राष्ट्र बैंकको बैंकिङ नियम विपरित क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्बतको फलेबास घर भइ पोखरा बस्ने २१ बर्षीय राजन भट्टराई, सुनसरी घर भइ इटहरी बस्ने २५ बर्षीय बिशाल श्रेष्ठ र काठमाडौँ थापाथलीका २७ बर्षीय दिपेन राज श्रेष्ठ रहेका छन्।

महाशाखाका अनुसार उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बिहीबार गोप्य सुचनामार्फत् खटिएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको मीनभवनबाट पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख २६ हजार बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको माहाशाखाको दाबी छ।

उनीहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

साथै नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077