Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पत्रकार विश्वकर्माको मृत्यु : छानबिन गर्न प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ ।

अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु पर्ने बताएका छन् ।

पत्रकार ठाकुर बेल्यासेले अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीको माग गरेको बताएका छन् । उनले राजधानीमै अस्पताल पुगेका पत्रकारले उपचार नपाएर ज्यान गुमाउनु दुखद भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077