Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शुक्रबार सुदूरपश्चिममा थपिए ५६५ जना कोरोना संक्रमित

    शुक्रबार सुदूरपश्चिममा थपिए ५६५ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 987
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन ५ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार २ हजार २५० जनाको परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।

    ३ सय ७१ जना एन्टिजेन र १ सय ९४ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।



    आज थपिएकामध्ये १ सय ६८ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ८७, गड्डाचौकी नाकाबाट आएका ७४, जुलाघाटबाट आएका ५ र पुलघाटबाट फर्केका दुईजनामा संक्रमण पुष्टि भएको छ।



    आज सुदूरपश्चिमका नाका भएर १ हजार ५५४ जना स्वदेश फर्केका छन्। योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार तीन सय नाघेको छ।

    निर्देशनालयले तीन हजार ३९३ जना सक्रिय संक्रमित रहेको जनाएको छ। सबैभन्दा बढी कैलालीमा १ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार