Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

    सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 366
    SHARES

    धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनकाे दाबी पेश गर्न आह्वान गरेका हुन्।



    उनले दलहरूलाई ९ दिनको समय दिएका छन् । दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।



    केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार