Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी

    महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 474
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

    अत्तरिया उद्योग वाणिज्य संघले कैलालीको अत्तरियामा गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको आरोपमा दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।



    टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।



    जिल्ला प्रहरी कार्यालयले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेर मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाएको छ ।

    अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारीले नक्कली टिकट बिक्रीमा साउँद र महराको संलग्नता रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

    सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार