Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीको सम्बोधनलाई एमालेले भन्यो-'अप्राकृतिक सत्ता गठबन्धनको बोझबाट पूर्णतःग्रस्त'

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेको राष्ट्रको सम्बोधन सत्ता गठवन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको टिप्पणी गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले शुक्रवार साँझ पार्टीको धारणा सार्वजनिक गर्दै अघिल्लो सरकारले अघि सारेका कामका परिणामहरुलाई आफ्नो सरकारको उपलब्धीका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्बोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको उनको टिप्पणी छ । यस्तै गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको पनि उनले बताए ।

विगतको सरकारले अघि सारेका कामका परिणामहरूलाई नै आफ्नो सरकारको उपलब्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको उल्लेख गर्दै पोखरेलले गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकेको जिकिर गरे ।

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीबाट सरकार विमुख हुन खोजेको र चुनावबाट भागन खोज्ने गठबन्धनमा सामेल दलहरुबाट प्रधानमन्त्री प्रभावित बन्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077