Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • केन्द्रीय मेडिकल स्टोरबाट सातै प्रदेशमा सिटामोल वितरण

    केन्द्रीय मेडिकल स्टोरबाट सातै प्रदेशमा सिटामोल वितरण

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोल लगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट ७ वटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।



    १ नम्बर प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनले जानकारी दिए ।



    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।

    गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उनले बताए ।

    सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा पथलैयाले पारासिटामोल ५०० एमजीको वितरण गरेको जनाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार