Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

स्थानीय तहदेखि संघीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले आज चाक्सीबारीमा आयोजना गरेको डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पण कार्यक्रममा नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनुपर्नेमा जोड दिए ।

नेता सिंहले संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको बताए ।

नेता सिंहले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपा एमालेको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधान विपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्याक’ मा ल्याउन गठबन्धन बनेको प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077