Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भालुको आक्रमणबाट महिला घाइते

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् । आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए।

भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए ।

घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077