Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमएस परीक्षामा सहभागी हुने तीन भारतीय नक्कली परीक्षार्थी सीआईबीको फन्दामा

    एमएस परीक्षामा सहभागी हुने तीन भारतीय नक्कली परीक्षार्थी सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिकित्सा शिक्षा आयोगको एमडी/एमएस प्रवेश परीक्षामा सहभागी हुन खोज्ने नक्कली प्ररीक्षार्थीसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन् । जसमा भारत उत्तर प्रदेश गोण्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्र, भारत बिहार सिक्टाका ३४ वर्षीय शरिभूषण सिंह र भारत बिहार खगरियाका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन्।



    सीआईबी स्रोतका अनुसार उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ गरिएकामध्ये मिश्र नक्कली परीक्षार्थी हुन् भने सिंह बिचौलीया हुन् ।



    यस्तै, अर्का मुरारीमाथि भने परीक्षास्थलमा अमर्यादित गतिविधि गरेको आरोप रहेको सीआईबीको भनाइ छ।

    पक्राउ परेकाहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार