Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अवैध विदेशी रकमसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ । अवैध विदेशी रकमसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आइतबार फ्लाई दुवईको उडानद्वारा दुवई जान लागेका भारतीय नागरिक इशाक खान इब्राहिम खान रहेका छन्।

विमानस्थल प्रहरी स्रोतका अनुसार खानलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्स-रे मेसिनद्वारा चेकजाँच गर्ने क्रममा अमेरिकी डलर १५,००१, साउदी रियाल ६१०, ओमानी रियाल ३६ , यूएई ९२० र भारतीय रुपैया २,००० फेला परेको थियो।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077