Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

टेकु अस्पतालमा स्थगित भएको खोप अभियान पुन: भोलिदेखि सञ्चालनमा

काठमाडौं । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्थगित खोप अभियान मंगलबार (भोलि)देखि पुन: सञ्चालनमा आउने भएको छ ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

यसअघि हिजो अस्पतालले अस्पतालमा कार्यरत ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि खोप अभियान ७ दिनका लागि स्थगित गरेको थियो।

यस्तो छ अस्पताल प्रशासनले जारी गरेको बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077