Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे।

'पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद् कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,' विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासंघले थप निर्णय लिने विज्ञप्तिमार्फत् उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077