Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रुस-युक्रेन तनाव : अमेरिकी सेनाले राख्यो साढे आठ हजार सैनिकलाई हाईअलर्टमा

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनको सीमामा बढ्दो तनावलाई ध्यानमा राख्दै युद्धको लागि पूर्णरुपमा तयार करिब साढे आठ हजार सैनिकलाई हाइ अलर्टमा राखिएको छ । उनीहरुलाई सर्ट नोटिसको आधारमा खटाउन तयारी अवस्थामा राखिएको हो।

यद्यपि रुसले भने आफ्नो युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ। उसले युक्रेनको सीमामा करिब १ लाख सैनिक खटाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना युरोपेली सहयोगी मुलुकसँग भिडियो कन्फ्रेन्सिङबाट वार्ता पनि गरेका थिए। पश्चिमा मुलुकले युक्रेनको मामिलामा रुसविरुद्ध एकै किसिमको रणनीति अपनाउने निर्णय गरेका छन्।

रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ । त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077