Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओलीको ठाउँमा म भए राजनीतिबाटै सन्यास लिन्थे: बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीका ठाउँमा आफू भएको भए राजनीतिबाटै सन्यास लिने बताएका छन्।

अध्यक्ष भट्टराईले सोमबार राति कान्तिपुर टेलिभजनमा प्रसारित फायर साइड कार्यक्रममा प्रस्तोता रुपेश श्रेष्ठले गरेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्। भट्टराईले ओली नैतिकताविहीन व्यक्ति भएको आरोप समेत लगाए।

गठबन्धन सरकारको नियत चाहिँ प्रतिनिधिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन एकै चोटी गर्ने वा गराउने हो ? भन्ने प्रस्तोता श्रेष्ठको प्रश्नको जवाफमा भट्टराईले भने, 'यस्तो आरोप लगाउन ओली नेतृत्वको प्रतिपक्षलाई नैतिक अधिकार नै छैन, उहाँको ठाउँमा म भए राजनीतिबाट सन्यास लिएर क्षमा याचना गरेर बस्थे, हामी लोकतन्त्रका लागि लडेर आएका हौं।'

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन एकै चोटी गर्ने गठबन्धनको नियत नरहेको दाबी समेत गरेका छन्। तर, सम्भव भए एकै चोटी वा नजिक-नजिकको समयमा चुनाव गर्नसके खर्च कम हुने भट्टराईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077