Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डाक्टरलाई पनि छाडेनन् जनमत पार्टीका कार्यकर्ताले

जनकपुर । जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् । जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् ।

आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लगाइएको बुझिएको छ ।

प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा डा. साहको गाडीमाम तोडफोड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077