Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोक सेवाले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

    लोक सेवाले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न आयोगका नाममा परमादेश जारी गरेको छ ।

    लामो समय सुनुवाइ गरी बुधबार जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो ।



    आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो ।



    तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार