Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनकपुर घटनाको छानबिन गरी कारबाही गर्न मधेश सरकारको निर्देशन

काठमाडौं । मधेश प्रदेश सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा विरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ ।

बुधबार साँझ एक विज्ञप्ति जारी गरेर अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभएपनि जनमतका कार्यकर्ताले ुसंघातिक आक्रमणु गरेको भन्दै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहसहितका व्यक्तिहरूमाथि आक्रमण भएको उनले बताएका छन् ।

जनकपुरधाममा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गर्नुका साथै आक्रमणसमेत गरेका थिए।

उनले सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषीउपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

साथै, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077