Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोइला बालेर घरभित्र सुतेका दम्पत्ति साँखुमा मृत भेटिए

    कोइला बालेर घरभित्र सुतेका दम्पत्ति साँखुमा मृत भेटिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 960
    SHARES

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु बोझेनीमा आफ्नै घरभित्र एक दम्पती मृत भेटिएका छन् ।

    ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।



    साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए ।



    उनका छोराले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेका छन् । घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार