Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नौसेनाको विमान समुद्रमा खस्यो, चीनभन्दा अगाडि पुग्ने यस्तो छ अमेरिकी दाउ

एजेन्सी । समुद्रमा खसेको आफ्नो एउटा लडाकु विमानसम्म चीनभन्दा अगाडि पुग्नका लागि अमेरिकी नौसेना लागिपरेको छ।

नौसेनाका अनुसार यूएसएस कार्ल विन्सनबाट उडान भर्ने क्रममा उत्पन्न भएको 'समस्या' का कारण एफ३५-सी विमान साउथ चाइना सीमा खसेको थियो। समुद्रमा खसेको जेट नौसेनाको नयाँ विमान हो र यसमा गोप्य उपकरणहरू जडान गरिएको छ।

विमान अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेकाले प्राविधिक रूपमा यो निष्पक्ष दौड हो। जो त्यो विमानसम्म पहिले पुग्छ, उसले बाजी मार्छ र त्यो जितबाट प्राप्त हुने कुरा भनेको निकै महँगो लडाकु विमानबारे गोप्य सूचना हुन्।

सोमवार सैन्य अभ्यासका क्रममा समुद्रमा उक्त विमान खसेसँगै डुङ्गामा सवार सातजना घाइते भएका थिए। हाल त्यो विमान समुद्रमा छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन।

नौसेनाले कुन स्थानमा विमान झरेको हो वा उक्त विमानसम्म पुग्न कति समय लाग्छ भन्ने कुरा पुष्टि गर्ने छैन। चीनले पूरै साउथ चाइना सी आफ्नो रहेको दाबी गर्दै आएको छ र त्यो दाबी कायम राख्न विभिन्न कदम चालिरहेको छ।

सन् २०१६ मा चीनसँग उक्त क्षेत्र दाबी गर्ने कानुनी आधार नरहेको अदालतहरूले फैसला सुनाए पनि उसले त्यो स्वीकार गरेको छैन। राष्ट्रिय सुरक्षा विज्ञहरू चिनियाँ सेना उक्त विमानसम्म पुग्न ''अत्यन्त उत्सुक'' हुने बताउँछन्।

उद्धारका लागि प्रयोग गरिएको पानीजहाज दुर्घटना स्थलभन्दा १० दिन पर रहेको बताइएको छ। विमानको ब्ल्याक बक्समा जडान गरिएको ब्याट्री त्यसअघि नै सकिने र त्यसले गर्दा विमान फेला पार्न गाह्रो हुने हुँदा त्यो निकै ढिला हुने रक्षा मामिलासम्बन्धी कन्सल्टयान्ट आबी अस्टीन बताउँछिन्।

विमानमा जडान गरिएको प्रविधि चीनसँग नभएकाले उक्त जेटसम्म पहिले पुग्न सके चीनले ठूलो फड्को मार्न सक्ने उनी बताउँछिन्। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077