Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रको निर्णय अनुसार लुम्बिनीको गठबन्धन अगाडि बढ्छ: मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग आज त्यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे ।

'केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,' उनले भने । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो ।

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077