Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाजुराका कार्कीको ठगी धन्दा: बैंकिङ कसुरदेखि बैदेशिक रोजगारसम्म, ‘नाम एक काम अनेक’

    बाजुराका कार्कीको ठगी धन्दा: बैंकिङ कसुरदेखि बैदेशिक रोजगारसम्म, ‘नाम एक काम अनेक’

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर,  बैदेशिक रोजगार र ठगी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाजुरा बुढीनन्दा न.पा-१ घर भइ हाल काठमाडौँ  बुढानिलकण्ठ बस्ने ४४ बर्षीय  बिष्णु बहादुर कार्की रहेका छन् ।



    महाशाखाका अनुसार उच्च अदालत पाटनको विसं २०७७ माघ ०६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम २७ लाख जरिवानापछि फरार रहेका उनी बिहीबार दिउँसो बुढानिलकण्ठबाट पक्राउ परेका हुन्।



    यस्तै, कार्कीलाई जिल्ला अदालत काठमाडौँले २०६० पुष १० गते  बैदेशिक रोजगार मुद्धामा ३ बर्ष कैद र दुई लाख पचास हजार जरिवाना साथै बैकिङ् कसुर मुद्धामा १ बर्ष कैद  र एक लाख उन्नसाठी हजार जरिवाना तोकेको थियो।

    पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।

    साथै गुरुङले बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट (DD) बनाई दिन्छुलगायतका बहानामा समेत ठगी गर्ने गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाको दाबी छ।
    महाशाखाले यदी कोही कार्कीबाट ठगिएको भए कार्यालयमा सम्पर्क राख्न समेत सबैलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार