Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • न्याय सेवा आयोगको बैठक : यी हुन् बढुवा भएका ७ सहसचिव र १६ सहसचिव (सूचीसहित)

    न्याय सेवा आयोगको बैठक : यी हुन् बढुवा भएका ७ सहसचिव र १६ सहसचिव (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । न्याय सेवा आयोगको आज बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए ।



    बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ ।



    यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय गरेको छ भने कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल बढुवा हुनुभएको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकमा जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्ने विषय भने प्रवेश नै नभएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार