Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल : महासचिव पोखरेल

काठमाडौं । आगामी जेठमा स्थानीय चुनाव गर्न सरकारलाई सिफारिस गर्ने गठबन्धन दलको बैठकले निर्णय गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले जनमतको तागतले जेठमै चुनाव गराउन बाध्य पारेको संकेत गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ – ‘जेठ अगावै चुनाव गर्ने’ । हो, यसैलाई भनिन्छ जनमतको तागत ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकले जेठभित्र चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077