सुर्खेत । सुर्खेतमा तीन जना फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपाली रहेका छन् । प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।