Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पब्जीको लतमा १४ वर्षीय बालकले गरे आमा, दाजु र दुई दिदीको हत्या

एजेनसी । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको हत्या गरेका छन् । उनले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।

राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको शव फेला परेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार अघिल्लो हप्ता काहना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको शव भेटिएको हो ।

प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सुरक्षित थिए । तर, उनी नै हत्यारा निस्किए । प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो ।

उनले खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार गरेका छन् । दिनमा लामो समयसम्म अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077