Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेक्सिकोमा पर्यटक बोकेको भ्यान दुर्घटना: १२ जनाको मृत्यु, ११ घाइते

एजेन्सी । मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

जलिस्को सिभिल प्रोटेक्शन एण्ड फायर डिपार्टमेन्टले ट्वीटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो ।

राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन्।

विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने गरिएको छैन तर दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म उक्त क्षेत्रमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन् ।

त्यहाँ गत वर्ष ट्राफिक दुर्घटनाका कारण १,०१५ जनाको मृत्यु थियो । यो क्षेत्र मेक्सिकोमा अत्यधिक ट्राफिक मृत्यु हुने मध्ये तेस्रो स्थानमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077