Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति

    तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुरामा तीनवटा पसलमा आज आगलागी भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको हो ।

    रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए।



    उनका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको भएको छ । आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ रहेको छ ।



    बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार