Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि अर्को मिति प्रस्ताव गर्ने तयारी

    स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि अर्को मिति प्रस्ताव गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो ।



    आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।



    स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा आयोगले अर्को मिति प्रस्ताव गर्न लागेको हो भन्ने जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “आयोग तयारी गर्दैछ, प्रधानमन्त्रीसँगको छलफलपछि थप प्रस्ट हुनेछ ।” आयोगले प्रधानमन्त्रीसँग छलफलका लागि समय माग्दै आएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार