Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं महानगरले गरिब घरपरिवार पहिचान गर्न करारमा माग्यो २३१ जना कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका कर्मचारी माग गरेको छ । ​

महानरपालिकाले २३१ जना करारमा कर्मचारी माग गरेको हो । २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरिएको छ ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्ने छ ।

भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । १८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् । इच्छुक व्यक्तिले एक हप्ताभित्र दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077