Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको माग सम्बोधन भए एमसीसी पास हुन्छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो समय एमालेले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले पार्टीका तर्फबाट आफ्नो धारणा राखेका हुन्।

‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पोखरेलको टिप्पणी अनुसार यदी समाभुखले १४ जना सांसदलाई पदमुक्त गरे एमसीसी पास गर्न एमालेको सहयोग हुने बुझिन्छ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077