एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि दक्षिण कोरिया छनोट भएको छ ।
विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा सिरियालाई २–० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपमा छनोट भएको हो ।
विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र दक्षिण कोरिया बनेको हो । यसअघि इरान एसियाबाट विश्वकपमा छनोट भइसकेको छ ।
दक्षिण कोरियाको जितमा किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरेका थिए ।