Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसको आरोप

    अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् ।

    युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उनले आरोप लगाएका हुन् । यद्यपि उनले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताएका छन् ।



    अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ ।



    रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।

    रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार