Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा गजुरेल नियुक्त

    प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा गजुरेल नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।



    यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार