Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा व्यापक अनियमितता : बाटोमा ढुंगा छाप्ने र सरसफाइ सम्मका कार्य समेत नियम विपरीत

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भएका विकास निर्माण, नियुक्ति र भाडामा व्यापक अनियमितता भएको पाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा कार्यदेश बनाएर गरेको छानबिनका क्रममा प्रत्येक विषयमा अनियमितता भेटिएको हो। सार्वजनिक छानबिन प्रतिवेदनअनुसार धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने र सरसफाइ गर्न दिनेसम्मका कार्य नियमविपरीत छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट स्वीकृत नभई धर्मशाला सञ्चालन गरिएको सतर्कता केन्द्रले जनाएको छ। सञ्चालनको ‘लिज आउट’ सम्बन्धी कार्यविधि संलग्न भए पनि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट स्वीकृति लिनुपर्ने प्रावधानविपरीत कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।

पशुपति क्षेत्र विकास कोष ऐन २०४४ को दफा १० मा पशुपतिनाथाको जग्गा, ती जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडा निर्धारण गर्ने अधिकार पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्लाई दिएको छ। तर, पशुपति धर्मशाला भाडामा दिँदा कोष सञ्चालक परिषद्बाट स्वीकृति नलिएको अनुसन्धानका क्रममा भेटिएको छ।

गौशाला प्रहरी कार्यालयदेखि पशुपतितर्फ जाने मार्गमा ढुंगा छाप्ने कामको ठेक्का नियमविपरीत दिनेदेखि तोकिएको समयमा पनि निर्माण सम्पन्न नगरेको सतर्कता केन्द्रले औंल्याएको छ। अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077