Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोगको एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको प्रतिक्रिया दिएका छन् ।

केही दिनदेखि एमसीसीको विषय फेरी चर्चामा छ । सोही विषयमा नेता बाँस्कोटाले पनि यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्‍या हुन् ।

द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077