Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर

कैलाली । सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ ।

हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बिहीबार अपरान्हदेखि उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको बताइएको छ ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत अझै पनि चिसो कम हुन सकेको छैन । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077