Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा भारी हिमपात : तीन वटा राजमार्ग बन्द, जनजीवन कष्टकर

कैलाली । सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपरान्हबाट सुदूरपश्चिमका पहाडी तथा उच्च स्थानमा भारी हिमपात भएको हो ।

बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ । यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । बिहीबार बिहानैदेखि वर्षा भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको थियो ।

हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

हिमपातले बिहीबार रातिबाटै यातायात अवरुद्ध भएका छन् । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे , सद्बबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् ।

यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् ।

लगातार हिउँ परिरहेका कारण सडकमा एक्स्काभेटर लगाउन नसकिएको प्रहरीले जनाएको छ । यस्तै तराईका जिल्ला कैलाली कञ्चनपुरमा पनि बर्षा भएसँगै चिसो अत्यधिक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077