Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बोलाइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिअनुसार यही माघ २७ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

बैठकका मुख्य अजेण्डाहरु( म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सम्बन्धमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा तथा विविध रहेको जनाइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077