Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिमपातले दुई दिनदेखि अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुल्यो

कैलाली । हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालनमा आएका छन् ।

बिहीवारदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएको थियो । आज हिउँ पन्छाएपछि बन्द भएका राजमार्गहरु साँझदेखि सञ्चालनमा आएका हुन् ।

डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाए पछि राजमार्ग सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ । राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र गाडी आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायतका ठाउँमा बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077