Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज श्रीपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा गरि मनाइँदै

काठमाडौं । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज (आइतबार) गरिँदै छ।

यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कापी, कलम, बाध्ययन्त्र लगायत साधनको पूजा गर्छन्।

विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले घरघरमै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन्।

यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ। यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077