Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको दिल्लीका विद्यालय भोलिदेखि खुल्दै

    भारतको दिल्लीका विद्यालय भोलिदेखि खुल्दै

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको दिल्ली सरकारले भोलिदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।

    कोरोना संक्रमणको दर र संख्या घट्दै गएपछि विपद् व्यवस्थापन प्राधिकरणको शुक्रबार बसेको बैठकले भोलिबाट माध्यमिक तहका कक्षा सञ्चालन गर्ने अनुमति दिएको हो ।



    पहिलो चरणमा कक्षा ९ देखि १२ सम्मका कक्षा भौतिक रूपमा सञ्चालनमा ल्याइन लागेको हो ।



    कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीमध्ये अधिकांशले कोरोनाविरुद्धको खोप लगाइसकेका र अहिले संक्रमण घटेकाले उक्त निर्णय लिएको प्राधिकरणले जनाएको छ ।

    दिल्लीमा जनवरी ३ बाट १५ देखि १७ वर्षका उमेरका किशोरकिशोरीलाई खोप लगाउन थालिएको हो । दिल्लीमा डिसेम्बर २८ बाट सम्पूर्ण विद्यालयहरू बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार