Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नरेफाँटबाट लागूऔषधसहित सर्लाहीका दुई युवा पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न खाले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही मलङ्गवा नगरपालिका घर भइ ललितपुर इमाडोल बस्ने २० बर्षीय अनुज मण्डल र अबिशेष मण्डल शाह  रहेका छन्।

शनिबार साँझ काठमाडौँ महानगर-३२ नरेफाँटस्थित मनोहर खोला पुलमा अवैध लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचना प्राप्त पश्चात् महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिगएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको  साथबाट डाइजेपाम ३०० एम्पुल, नोफिन ३०० एम्पुल र फेनेरागन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहको कोटेश्वर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077