Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थीमा आधारित वृत्तचित्र 'कुन हो मेरो देश'को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र 'कुन हो मेरो देश'को ट्रेलर सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए । तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन्।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जो कोहीले एकपटक हेर्नपर्ने हुन्छ । बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ।

कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो । असल टिभी नामक युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ। पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

https://youtu.be/Ep6PD3RAW-g

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077