Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार दिनपछि खुल्यो हिमपातले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग

बैतडी । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ ।

बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बाटो बन्द रहेको थियो । खड्काले भने, “दुई स्काभेटरको प्रयोग गरी राजमार्ग सञ्चालन गरिएको छ, यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।”

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरालगायत बैतडी र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुबाहक तथा मालबाहक सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077