Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई गोकुल बाँस्कोटाको कटाक्ष: तालको पानी माछीले खानी...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता पारित गराउन अमेरिकालाई पत्र लेखेको सार्वजनिक भएपछि नेपाली राजनीति तरङ्गित बनेको छ । यसैबिषयलाई लिएर अधय्स्ख प्रचण्डमाथि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कडा टिप्पणी गरेका छन् । नेता बाँस्कोटाले एमसीसीको सन्दर्भमा प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप समेत लगाए। प्रचण्डको बोलीमा ठेगान नभएको बाँस्कोटाको आरोप छ। ‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’, बाँस्कोटाले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरूले ज्ञान फिट्न परो ।’ विगतमा एमाले अध्यक्ष ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको आरोप लगाउनेहरूलाई पनि उनले व्यङ्ग्य गरेका छन् । ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ’ ट्वीमा बाँस्कोटाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077