Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरस्वतीको मूर्ति सेलाउने क्रममा ढुंगामुढा, दुई प्रहरी घाइते

रौतहट । जिल्लाको इशनाथ नगरपालिका-५स्थित लक्ष्मीनियाँ गाउँमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा विवाद भएको छ ।

सोमबार श्रीपंचमीको पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि विवाद भएको हो।

विवादका क्रममा महिलाहरुले गरेको ढुंगामुढाबाट २ जना प्रहरीलाई चोटपटक लागेको छ । मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसारनै जाँदा केहि महिलाले ढुंगामुढा गरेको प्रहरी स्रोतको भनाइ छ।

उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी प्रमुख, सीडीओ, साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।

भारत-नेपालको सिमाना जोडिएको उक्त क्षेत्रमा प्रत्येक बर्ष हिन्दुहरुले मनाउने सरस्वती पूजा र झण्डी पूजामा लामो समयदेखि बिवाद हुँदै आएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077