Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिइने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो।

कार्ययोजनामा तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको छ । आउँदो एक वर्षभित्रमा उक्त काम सम्पन्न गरेर सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा दिइने उल्लेख गरिएको छ।

यस्तो छ गृहमन्त्रीको प्रशासन सुधार कार्ययोजनाको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077